Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कर्णाली : पुलमा फसेका १२ खच्चडको उद्धार, २ वटा बाँचेनन्

कर्णाली : पुलमा फसेका १२ खच्चडको उद्धार, २ वटा बाँचेनन्

  • 1.3K
    SHARES

  • कर्णाली  : पुलमा फसेका १२ खच्चडको उद्धार, २ वटा बाँचेनन्

    दैलेख,जेठ २७ ।

    कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार भएको छ भने २ को मृत्यु भएको छ । 

    दैनिक उपभोग्य बस्तु ढुवानीका लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुंगे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्धार गरिएको छ ।

    आइतबार बिहान साढे ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुंगे पुलको एकातर्फका दुइटा लठ्ठा चुँडिदा १४ खच्चड जालीमा फसेका थिए ।

    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहालले एउटा खच्चडको पुलमै मृत्यु भएको र अर्कोको कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology