Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

झोलुङ्गे पुलमा फसेका खच्चड कर्णाली नदीमा खसालेर उद्धार गरिँदै

झोलुङ्गे पुलमा फसेका खच्चड कर्णाली नदीमा खसालेर उद्धार गरिँदै

  • 1.5K
    SHARES

  • झोलुङ्गे पुलमा फसेका खच्चड कर्णाली नदीमा खसालेर उद्धार गरिँदै

    दैलेख,जेठ २७ ।

    कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । अहिलेसम्म ३ वटा खच्चडको उद्धार गरिएको छ । स्थानीय डिलबहादुर थापाले पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर नदीमा खसाल्न थालिएको बताए ।

    अरु खच्चड नदीमा खसाल्न तार काटिँदै छ’, उनले भने, ‘नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ ।’ अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि खच्चड आउँदै थिए ।

    कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसे :

    प्रहरीका अनुसार पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिएका छन् । लठ्ठा चुँडिदा १४ वटा खच्चरहरु एकातर्फ ढल्किएको पुलको जालीमा खुट्टाहरु अडिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ २७ २०८१०२:४०:१३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology