Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तिलोत्तमा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ज्ञानेन्द्र,महासचिवमा राजकुमार

तिलोत्तमा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ज्ञानेन्द्र,महासचिवमा राजकुमार

  • 1.0K
    SHARES

  • तिलोत्तमा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ज्ञानेन्द्र,महासचिवमा राजकुमार

    बुटवल,जेठ २७ ।

    तिलोत्तमा उद्योग वाणिज्य सङ्घको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवशेनले अध्यक्षमा ज्ञानेन्द्र कार्कीको अध्यक्षता नयाँ नेतृत्व चयन गरेको छ। 

    वरिष्ठ उपाध्यक्षमा सुरज पङ्गेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने,वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद भण्डारी,महासचिवमा राजकुमार पाण्डेय, कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा विना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डेय, सहकोषाध्यक्षमा वसन्त रोकालाई चयन गरिएको प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जनाकारी दिए।

    यस्तै गरी सदस्यहरूमा राधिका देवी शर्मा,शेरबहादुर थापा,छोटोलाल यादव,रोमनाथ गैरे,गङ्गाराम पाण्डेय, नरेशबहादुर क्षेत्री,अन्जना केसी,कमल भुसाल,अर्जुन पराजुली, सालिकराम वोस्ती, अङ्कित भुसाल, गोविन्द रेग्मी निर्वाचित भएका छन्।

    यसअघि साधारण सभाको उद्घाटन गर्दे तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले उद्योग समस्याहरू समाधान गर्नको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

    गुणनिधि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उज्ज्वल कसजु, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याल,घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख भुमेश्वर ढकाल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष रामराम पोखरेल लगायत बोलेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology