Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

जुम्लामा अज्ञात रोगले २३ भेँडा मरे

जुम्लामा अज्ञात रोगले २३ भेँडा मरे

  • 735
    SHARES

  • जुम्लामा अज्ञात रोगले २३ भेँडा मरे

    जुम्ला, जेठ २७ ।

    जिल्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले भेडा मरेका छन् । हिमा गाउँपालिकाका किसान वीरबहादुर शाही १० वटा, कर्णबहादुर शाही ६ वटा, अकल शाही शाही ४ वटा, जिर शाहीका ३ वटा भेडा मरेका हुन् । 

    किसान वीरबहादुर शाहीका अनुसार हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा भेडा मरेका छन् । भेडामा पातलो दिशा, हुने ज्वरो आउने, काप्ने र मर्ने समस्या भएको छ । यो एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेका किसान शाहीले जनाएका छन् । उहाँका अनुसार आजको ३ दिनभित्र करिब १० भेडा मरेका छन् । 

    यता रोगको बारेमा के हो भन्ने विषयमा जानकारी भएको छैन । हिमा गाउँपालिका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार औषधी सकिएको र स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधी अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढिरहेको छ ।  उहाँले औषधी पशु अस्पताल तथा पशुसेवा कार्यालयमा माग गरिएको छ । 

    भेडा मर्न थालेपछि अहिले भेडा कालाकाटियतिर सारिएको किसानले जनाएका छन् । यता पशु अस्पताल तथा पशुसेवा कार्यालयले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले गर्यो भने आवश्यक औषधी पठाइदिने बताएको छ । कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा शाखाको समन्वयमा रोगको पहिचान गरी उपचार गरिने औषधी पठाइने बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ २७ २०८१०२:१६:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology