Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही एमालेमा सहमतिमै छानियाे नयाँ नेतृत्व,अध्यक्षमा यज्ञ गैरे

रुपन्देही एमालेमा सहमतिमै छानियाे नयाँ नेतृत्व,अध्यक्षमा यज्ञ गैरे

  • 1.1K
    SHARES

  • रुपन्देही एमालेमा सहमतिमै छानियाे नयाँ  नेतृत्व,अध्यक्षमा यज्ञ गैरे

    बुटवल जेठ २५।

    नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्विराेध निर्वाचित भएका छन्। निवर्तमान कार्यसमितीका सचिव गैरलाई समर्थन गर्दै अन्य उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध अध्यक्ष भएका हुन्।

    बुधवार सुरु भएको नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशनबाट नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसी संगै खेम लुईटेल, उपसचिव चित्र बहादुर कार्की र हितराज पन्थीले अध्यक्षमा आकांक्षा देखाएका थिए।अध्यक्ष पदमा मनोनयन गरेका खेम लुईटेलले अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गैरेको निर्विरोध हुने बाटो खुलेको थियो।yagya gaire uml.jpg

    अध्यक्षका आकांक्षी तेजेन्द्र केसीले सर्बसम्मत नेतृत्व चयनका लागि सहमती बिहिवार राती नै सहमती जनाएका थिए भने पन्थी र कार्कीले सर्वसम्मत नेतृत्व बनाउनका लागि उपाध्यक्ष र सचिव पदमा सहमत भएका थिए। त्यसैगरी उपसचिवमा बावुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित भएका छन्। 

    बिहीबार बिहानैदेखि शुरु भएको बन्द सत्रमा ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजारभन्दा बढी सहभागी थिए। अध्यक्ष पदमा निर्वाचित गैरे बिद्यार्थी राजनिती र किसान आन्दोलनमा सहभागी हुदै यसअघि जिल्ला कमिटी सचिव थिए। 
     
    अधिवेशनबाट चयन हुने १३२ जना सदस्यहरुका लागि बिभिन्न क्लष्टर र भुगोलमा बिभाजन गरी सहमती गराउने प्रयास भई रहेको एमाले श्रोतले बताएको छ। एमालेको संशोधित विद्यानअनुसार अध्यक्ष १ उपाध्यक्ष १ सचिव १ र उपसचिव २  गरी ५ जना पदाधिकारी र १३२ जना सदस्य रहने ब्यवस्था छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology