Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा पनि आयो ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर

बुटवलमा पनि आयो ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर

  • 1.4K
    SHARES

  • बुटवलमा पनि आयो ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर

    बुटवल,जेठ २५ ।

    बुटवलमा इलेक्ट्रिक स्कुटरको बिक्री शुभारम्भ गरिएको छ । बुटवलको क्रस फायर प्रालिले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री आरम्भ गरिएको हो ।

    सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार तोकिएको छ । स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिनुका साथै पिक पावर ४ किलोवाट छ भने, यसको टर्क १५० एनएम रहेको स्कुटरका अधिकृत बिक्रेता बाग्मती मोटरसाइकल सेन्टरका सञ्चालक चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

    १४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ । जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने उनले बताए ।

    मोड अनुसार यसको टप स्पिडसमेत फरक पार्ने कम्पनीको दाबी छ । इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिने ग्यारोका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए ।ev.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology