जनकपुरधाम, जेठ २५ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह र उर्जा, सिँचाइ तथा खानेपानीमन्त्रीमा बेची लुंगेली हुनुहुन्छ ।
यसैगरी, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अन्सारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीम शारदादेवी थापा र रञ्जुकुमारी मण्डल खंग विना विभागीय मन्त्री बन्नुभएको छ ।
आजै १४ जना नवनियुक्त मन्त्रीले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)