बुटवल,जेठ २४ ।
रूपन्देहीको तिलोत्तमा ४ निवासी युवा सागर केसीले जन्मदिनमा वडा कार्यालयमा बृक्षरोपण गरेका छन् । तिलाेत्तमा नगरपालिकाले संचालन गरेको जन्मदिनमा बृक्षराेपण अभियानलाई साथ दिदै उनले तिलाेत्तमा वडा न ४ कार्यालय परिषर डिंगरनगरमा बिरुवा राेपेका हुन् ।
बिरुवा राेप्नका लागि तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण,वडाध्यक्ष हरिबहादुर क्षेत्री ,वडा सचिव काशिराम ज्ञवाली,कांग्रेस वडा सभापति किशाेर सुवेदी ,जनप्रतिनिधि मित्रलाल न्याैपाने ,रम्बादेवि घिमिरे ,सागरका बुबा राजु केसी,आमा जमुना केसी,मुना ठकुरी लगायतकाे सहभागीता रहेको थियाे ।
साे अवसरमा बाेल्दै नगरप्रमुख खांणले हरियाली ,सफा,सुन्दर तिलाेत्तमा बनाउने र संस्कारयुक्त मानिसकाे बसाेबास रहेकाे पालिकाका रूपमा बिकास गर्ने काम भैरहेको बताए ।
उनले सागरले २४ बर्ष प्रवेशका अवसरमा वडा कार्यालयमा गरेको वर,पिपल र स्वामी लगाउने काम सह्रानिय रहेकाे भन्दै पालिकाभित्रका सबै नागरिकले आफ्नो जन्मदिनमा बिरुवा राेप्ने नीति सबैले पालना गर्न आग्रह गरे ।
वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयमा यसअघि पनि १०८ वटा पिपल राेपिएकाे जानकारी दिदै नगरलाइ हरियाली र वातावरणमैत्री बनाउन आफूहरू लागिपरेको बताए । उनले विश्व वातावरण दिवसका सन्दर्भमा वडाले बिरुवा पनि राेप्ने अभियान चलाएको बताए ।केसी परिवारले बुटवल देबिनगरमा रहेकाे नेपाल अपांग आश्रममा पनि खाद्यान्न सहयोग गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)