Logo बुधवार, श्रावण १३ गते २०८३
images

शान्ति समाज रुपन्देहीद्वारा नागथान मन्दिरमा बृक्षरोपण

शान्ति समाज रुपन्देहीद्वारा नागथान मन्दिरमा बृक्षरोपण

  • 2.4K
    SHARES

  • शान्ति समाज रुपन्देहीद्वारा नागथान मन्दिरमा बृक्षरोपण

    बुटवल,जेठ २२ ।

    मानव अधिकार तथा शान्ति समाजले बुटवलमा शान्ति बाटीकामा बृक्षरोपण गरेको छ ।  ‘चुरे मास्न  पाइदैन : पर्यावरण विरोधी नीति चाहिदैन, हिमालय/चुरे बचाउँ,तराइलाई मरुभूमिकरण हुनबाट जोगाउँ ’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो ।

    विश्व वातावरण दिवसको अवसरमा वुटवल २ मनकामना मन्दिरमाथि रहेको बासुकी नागथान मन्दिर परिसरमा बाँस , रुद्राक्ष, चन्दन तथा फलफूलका बिरुवाहरु रोपिएको हो ।भने गचबर्ष राेपिएका बिरूवाहरू संरक्षण समेत गरिएको छ ।

    कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको बताए । उनले सरकारले वातावरण संरक्षणको नीति ल्याउनुपर्ने बताए ।उनले सरकारको चुरे दोहन नीति स्विकार्य नभएको बताए ।

    शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई कृष्णको अध्यक्षता तथा सचिव कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा केन्द्रिय सदस्य डिपि खनाल,चिरञ्जिबी जाेशी,हसन्त लामा,सीता पाैडेल लगायतले बोल्दै  वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

     संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology