Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० दिनेश पाण्डेलाई

वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० दिनेश पाण्डेलाई

  • 1.1K
    SHARES

  • वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० दिनेश पाण्डेलाई

    भैरहवा,जेठ २३ ।

    वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० बाट दिनेश पाण्डे पुरस्कृत भएका छन् । रुपन्देहीको परिवेशमा वातावरण पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै उत्कृष्ट लेखन पत्रकारिताको उत्कृष्टता हासिल गरेको भन्दै पाण्डेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी रु. २५ हजार छ । 

    विश्व वातावरण दिवसको अवसरमा बुधबार सिद्धार्थनगर नगरपालिकामा आयोजित कार्यक्रममा उनलाई नगरप्रमुख इश्तियाक अहमद खाँ, वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार तथा वातावरण बचाउ आन्दोलन सिद्धार्थनगर, रुपन्देहीका संरक्षक एवं संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटाले नगद र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

    पाण्डे नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत हुन् । उनी लुम्बिनी टेलिभिजन र समयचक्र डटकममा आबद्ध छन् ।

    सो अवसरमा बोल्दै नगरप्रमुख खाँले वातावरणको क्षेत्रमा आगामी दिनमा पनि कलम चलाउन आग्रह गरे । उनले वातावरण संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘सबैले आफ्नो घरमा विरुवा रोपौं, रुख–विरुवाले वातावरण संरक्षण हुन्छ ।’ 

    सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार तथा वातावरण बचाउ आन्दोलन रुपन्देहीका संरक्षक एवं संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटा, पुरस्कृत पत्रकार पाण्डेलगायतले भनाइ राखेका थिए । पुरस्कार मूल्यांकन समितिको संयोजक भरत कुमार पोखरेल थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology