Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा खनाल

लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा खनाल

  • 3.5K
    SHARES

  • लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा खनाल

    बुटवल,जेठ २३ ।

    लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४/२५ को अध्यक्षमा आबिस्कार खनाल निर्वाचित भएका छन । बर्ष २०२३/२४ का अध्यक्ष धुर्ब कुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको  साधारण सभा एवं नबौ अधिबेशनबाट खनालको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन भएको क्लबका पुर्ब अध्यक्ष एवं निर्वाचन आयुक्त नारायण थापाले जानकारी दिए ।

    क्लबको प्रथम उपाध्यक्षमा श्री खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री , तृतीय उपाध्यक्षमा गुप्त पुन निर्वाचित भएका छन । त्यसैगरि क्लबको सचीवमा प्रदिप गुप्ता , कोषाध्यक्षमा गोपाल रेग्मि , क्लब निर्देशकमा इन्द्र प्रसाद भट्टराई र दिपक सापकोटा मनोनीत भएका छन भने मनोनीत गर्न  बाकी निर्देशकका पदहरुलाइ क्लबको आगामी बैठकमा पूर्णता  दिने बताइएको छ ।

    अध्यक्षमा निर्वाचित भएसगै खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार  बर्ष २४/२५ मा  सामाजिक गतिविधिहरुलाइ अगाडि बढाउने बताए ।

    साधारण सभा एवं  अधिबेशनमा क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ , पुर्ब अध्यक्षहरु मिलन कुमार पुन , फवन लाकौल,  नारायण थापा ,शंकर  पाण्डे ,लोकेन्द्र लिम्बु लगायतले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संचालन बर्ष २३/२४ का सचीव गुप्त पुनले गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology