Logo बिहिवार, आश्विन १ गते २०८३
images

गणतन्त्रलाई ध्वस्त बनाउने कुचेस्टा गर्ने ओलीलाई जनताले बढारेर लग्छन् : भीम रावल

गणतन्त्रलाई ध्वस्त बनाउने कुचेस्टा गर्ने ओलीलाई जनताले बढारेर लग्छन् : भीम रावल

  • 2.2K
    SHARES

  • गणतन्त्रलाई ध्वस्त बनाउने कुचेस्टा गर्ने ओलीलाई जनताले बढारेर लग्छन् : भीम रावल

    बुटवल,पुस १८- 

    नेकपाका स्थायी समिति सदस्य डा.भीम रावलले सहिदका रगतको अपमान गरी लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त बनाउने कुचेस्टा गर्नेलाई जनताले बढारेर लग्ने बताएका छन् ।

    शुक्रबार नेकपा पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै उनले  जनताको अगाडि हिजोको निरंकुश शासन टिक्न नसकेको  बताए ।

    उनले संविधानको रक्षा र देशको राष्ट्रियता स्वाधिनताको रक्षाका लागि सदैब तत्पर रहन कार्यकर्तालाई निर्देशन दिए ।

    कसैले लोकतन्त्रका मुल्य मान्यता मिच्छ भने जनता टुलुटुलु हेरेर नबस्ने उनले बताए ।  हामी त उहिल्यै अविश्वासको प्रस्ताब ल्याउन सक्थेयौँ, तर ल्याएनौँ,उनले भने,  प्रत्येक निकायले कानुन बमोजिम चल्नुपर्छ। मर्यादा कायम गर्नुपर्छ, बहुमतको कदर गर्नुपर्छ  ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरा लत्याएर संसद विघटन गरेपछि अब जनता जागिसकेको उनको भनाइ छ । जनताको अगाडि कसैको पनि केहि नचल्ने रावलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology