Logo बिहिवार, आश्विन १ गते २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्स  १६ औँ वार्षिकोत्सव : अपाङ्ग आश्रममा खाद्यान्न  बितरण

हिमालयन लाइफ इन्स्योरेन्स  १६ औँ वार्षिकोत्सव : अपाङ्ग आश्रममा खाद्यान्न  बितरण

  • 1.8K
    SHARES

  • हिमालयन लाइफ इन्स्योरेन्स  १६ औँ वार्षिकोत्सव : अपाङ्ग आश्रममा खाद्यान्न  बितरण

    बुटवल,जेठ २२ । 

    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी  लिमिटेड बुटवल शाखाले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा  नेपाल अपाङ्ग आश्रम बुटबल ११ देबिनगरमा खाद्यान्न  सामाग्री  बितरण  गरेको छ  ।

    कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख बुद्व बहादुर सुर्यवशीले कम्पनी एउटा सामाजिक संस्था भएकोले सामाजिक उत्तरदायित्व अन्तरगत रहि उक्त कार्यक्रम गरेको जानकारी गराउनु भयो । साथै सीआरएस सम्बन्धमा थप जानकारी गराउदै हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले यस्ता खालको सामाजिक कार्यक्रम गर्दै जाने बताउनुभयो  ।

     कार्यक्रममा लुम्बिनी प्रदेशका उपप्रमुख नहकुल पान्डेले कम्पनीले आफ्नो बार्षिकउत्सब सामाजिक कार्यक्रम गरि मनाउदा संस्थाको गरिमा बढ्ने जानकारी गराउदै सम्पूर्ण अभिकर्ता , एजेन्सी म्यानेजर र एमडिआरटीहरूको सहयोगले नै कम्पनीको सफलता सम्भव भएको बताउनुभयो । साथै कम्पनीको १६ औ  वार्षिकोत्सबको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । himala.jpg

    कार्यक्रममा  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका  शाखा प्रमुखहरु, कम्पनीको एमडिआरटी, एजेन्सी मेनेजर, अभिकर्ता  लगायत  ४० जनाको सहभागीता  रहेको थियो । कार्यक्रममा हिमालयन इन्स्योरेन्स कम्पनी लिमिटेडले चामल, दाल, तेल लगायतका  खाद्यान्न मानव सेवा आश्रमलाई सहयोग स्वरूप प्रदान गरेको थियो ।  कार्यक्रमको सन्चालन लुम्बिनी प्रदेशकि  उप प्रमुख जुना कुवरले गर्नुभएको थियो  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology