बुटवल,पुस १७-
अंग्रेजी नयां बर्ष सन् २०२१ को अवसरमा बुटवलको एम्स कलेजले राष्ट्रिय टोपी दिवशसंगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कलेजका युवा बिद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, भुतपुर्व विद्द्यार्थी एवम शुभ चिन्तकहरु शिरमा राष्ट्रीय टोपीका साथ रक्तदानमा सहभागी हुदा १०१ युनिट रगत संकलन भएको हाे ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा न ९ का अध्यक्ष विष्णु थापाले कलेज गरेको रक्तदान कार्यको प्रशंसा गर्नुभयो । कलेजका प्रमुख दीपक ढकालले बिगत ७ बर्ष देखी एम्स कलेजले यस क्षेत्रमा शिक्षण सस्थाहरु मध्धे अत्याधिक रक्तदान गराउदै पुरस्कृत हुदै आएको बताउनुभयो ।
एम्स एजुकेशन फाउन्डेशनका अध्यक्ष गोपाल प्रसाद न्यौपानेको सभापतित्व, कार्यक्रमका सम्योजक यज्ञ प्रसाद न्यौपानेको स्वागत मन्तब्य र विद्यार्थी लक्षिता खनालको सन्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठ, क्यासका अध्यक्ष राम प्रकाश प्रकाश पाण्डे, एम्स आल्मुनाईका उपाध्यक्ष राजिव खानाल, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, वडा सदस्य शिव प्रसाद अधिकारी,भिमलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)