गुल्मी,जेठ १८ ।
गुल्मीको चन्द्रकोटमा खुल्ला रक्तदान कार्यक्रम भएको छ। रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोग र गाउँपालिकाको कार्यालय शान्तिपुरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा एक सय ४० जनाले रक्तदान गरेका छन्।
गाउँपालिकाले १७ औं गणतन्त्र दिवसको सन्दर्भमा भएको कार्यक्रममा एकैदिन एक सय ४० युनिट रगत संकलन भएको गाउँपालिकाले जनाएको छ। नागरिकको उत्साह र यति ठूलो संख्यामा रक्तदान गर्ने गुल्मीका १२ स्थानीय तह मध्येको पहिलो चन्द्रकोट गाउँपालिका रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले नागरिक अनलाइनलाइ बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)