Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा नगरभित्रका विद्यालयहरुमा असार १४ गतेसम्म गर्मी बिदा

तिलोत्तमा नगरभित्रका विद्यालयहरुमा असार १४ गतेसम्म गर्मी बिदा

  • 2.1K
    SHARES

  • तिलोत्तमा नगरभित्रका विद्यालयहरुमा असार १४ गतेसम्म गर्मी  बिदा

    बुटवल,जेठ १७ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयहरुमा गर्मी बिदा दिएको छ । तिलोत्तमा नगरभित्र रहेका सामुदायिक एवं संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म बन्द गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको हो ।

    नगरप्रमुख रामकृष्ण खाँणले बिहीबार एक विज्ञप्ति जारी गरी अत्याधिक गर्मीका कारण पठनपाठन संचालन गर्न समस्या भएकाले शुक्रबारदेखि असार १४ गतेसम्म बिदा दिएको बताएका हुन् ।

    ‘तिलोत्तमा नगरपालिकाको मिति २०८१/२/१७ गतेको नगरप्रमुख स्तरीय निर्णयानुसार केही दिनदेखि बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको हुँदा विद्यालयमा सहज पठनपाठन गर्न समस्या भएकाले मिति २०८१/२/१८ गतेदेखि २०८१/०३/१४ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’-सूचनामा भनिएको छ ।

    445756157_3720452708224904_8343604677303614454_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology