Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तिलोत्तमामा सुचनाको हक सम्बन्धी अभिमुखीकरण

तिलोत्तमामा सुचनाको हक सम्बन्धी अभिमुखीकरण

  • 852
    SHARES

  • तिलोत्तमामा सुचनाको हक सम्बन्धी अभिमुखीकरण

    तिलोत्तमा, जेठ १६ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालीकामा सुचनाको हक सम्बन्त्री २ दिने अभिमुखिकरण कार्यक्रम भएको छ । आइतवारदेखि सुरु भएको कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, वडा सचिव, सामुदायिक विद्यालयका प्रतिनिधि साथै सरोकारवालाको सहभागिता रहेको छ ।

    उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खांणले सुचनाको हक नागरिकको मौलिक हकमै पर्ने भएकाले यसको पारदर्शितामा नगरपालीका अडिग रहेको बताए । उनले नागरिक र स्थानिय तह बीचको समन्वय प्रभावकारी भए सुशासनयुक्त पालीका बनाउन सहज हुने जनाए । सुचनाको हक सम्बन्ध्ी कार्यक्रमले नागरिकलाई सुचना पाउने विधि र तरिका बारे जानकार गराउने र यसले सम्बन्धित निकायलाई जवाफदेही बनाउने उले बताए ।

    कार्यक्रममा बोल्दै पालीकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले  कस्ता प्रकृतिका सुचना कुन माध्यमबाट पाउन सकिन्छ र सार्वजनिक निकायले दिने गरेका सुचनाको अवस्था बारे जान्न यस कार्यक्रमले सघाउने बतँए । उनले सार्वजनिक नकायले सुचना माग भएको बखत दिनुपर्ने र प्रकृयागत सुचना माग बारे सुचना मागकर्ता जानकार हुनुपर्ने बताए । उनले सुचनाको हक को अपव्याख्या भएर सार्वजनिक पद धारण गरेका व्यक्तिले अफ्ठ्यारो व्यवहोर्नुपरेका स्थिती समेत आउने भन्दै स्थानिय तहले आफ्ना आय व्यय, बोलपत्र लगायत का सुचनालाई आधिकारिक वेबसाईटमा राखेरै जनतालाई सुसुचित गरिरहेको जनाए ।

    नगरपालीकाकोे सामाजिक विकास समितीका संयोजक रवि सेन्चुरीले सुचना समयसंगको माग भएकाले यो विश्वव्यापी महत्वपुर्ण विषय भएको बताए । उनले सुचनाको हक सम्बन्धि ऐनले व्यवस्था गरेको निती अनुसार लोकतन्त्रको संरक्षणकै लागि पनि सुचनाको हक आवश्यक मानिने बताए ।

    सो अवसरमा बोल्दै सुचना अधिकारी माधव प्रसाद पोखरेलले सुचनाको हकमा सार्वजनिक निकायको दायित्व, कसैले सुचना माग्दा अपनाउनुपर्ने विधी, प्रकृया बारेको त्रान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको बताए ।

    उनले सुचनाको हकको मापदण्डले तय गरेको विभिन्न विषयमा सरोकारवाला जानकार भई सुचना दिंदा सही र स्पष्ट सुचना बाहिर जाने भएकाले यससम्बन्धी अध्ययन जरुरी रहेको बताए । कार्यक्रममा पत्रकार किरण कौशलले सहजीकरण गरेका छन् । 


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology