Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास जारी,आज साँझ पुनः छलफल हुने

गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास जारी,आज साँझ पुनः छलफल हुने

  • 555
    SHARES

  • गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास जारी,आज साँझ पुनः छलफल हुने

    का,जेठ १४ ।

    संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रयास अझै सार्थक बन्न सकेको छैन।प्रधानमन्त्रीको पहलमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षी दलहरूको बैठक पनि निष्कर्षमा पुग्न सकेन। तर, आजै साँझ पुनः छलफलमा बस्ने दुवै पक्षीय नेताहरूले बताएका छन्।

    सत्ता र प्रतिपक्षको बैठकअघि प्रधानमन्त्रीले दुवै पक्षीय दलका नेताहरूसँग अलग–अलग पनि छलफल गरेका थिए। सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले नाम उल्लेख गरेरै संसदीय छानबिन समिति गठनको अडान राख्दै आएको छ।

    संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि नाम किटेरै उल्लेख गर्ने कांग्रेसको मागमा भने सहमति जुट्न सकेको छैन। सहमति नजुट्दा पटकपटक सदन अवरुद्ध भइरहेको छ।

    भोलि १५ जेठमा सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुपर्नेछ। तर, सदन सहज नबन्दा प्रधानमन्त्रीले सहमतिका लागि प्रयास गरिरहेका हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, जेठ १४ २०८१०१:४७:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology