Logo शनिवार, श्रावण १६ गते २०८३
images

सहकारी ठगीविरुद्ध काठमाडौंमा कांग्रेसको विरोध प्रदर्शन

सहकारी ठगीविरुद्ध काठमाडौंमा कांग्रेसको विरोध प्रदर्शन

  • 1.2K
    SHARES

  • सहकारी ठगीविरुद्ध काठमाडौंमा कांग्रेसको विरोध प्रदर्शन

    काठमाडौँ,जेठ १३ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडकमा पनि विरोध सुरु गरेको छ । संघीय संसद्‌मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर विरोधमा उत्रिएको कांग्रेसले आइतबारदेखि सडकमा पनि विरोध थालेको हो ।

    केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनपछि हुने खुला सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।gagan.jpg

    प्रदर्शनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ । सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले लामिछानेले गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान रोकेको, आफूविरुद्ध समाचार लेखेको प्रतिसोधमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै प्रहरी पठाएर धरपकड गरेको तथा संसद्‌मा सम्बोधन गर्ने क्रममा कांग्रेसका नेता र सांसदहरुमाथि प्रमाणहीन लाञ्छना लगाइएको विषयलाई विरोध प्रदर्शनका क्रममा जोड दिएर उठाइएको छ ।

    नेता कार्यकर्ताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने, मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने लगायत नाराहरु लेखिएका प्ले-कार्ड प्रदर्शन गरेका छन् । सत्ताको बलमिच्याई र सहकारी ठगीको विरोध गर्दै कांग्रेसले सडकमा  विरोध सुरु गरेको हाे ।nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology