Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रूरूक्षेत्रमा माण्डब्य गोत्रीय (ज्ञवाली) हरुको कुलपूजा सम्पन्न

रूरूक्षेत्रमा माण्डब्य गोत्रीय (ज्ञवाली) हरुको कुलपूजा सम्पन्न

  • 2.4K
    SHARES

  • रूरूक्षेत्रमा माण्डब्य गोत्रीय (ज्ञवाली) हरुको कुलपूजा सम्पन्न

    बटवल,जेठ १० ।

    गुल्मीको रूरूक्षेत्र- १ थोर्गामा माण्डब्य गोत्रीय (ज्ञवाली) हरुको कुलपूजा सम्पन्न भएको छ । रूरूक्षेत्र १ ठूलापोखरामा रहेको बिद्यालयमा हरेक बर्ष बुद्ध पूर्णिमाको दिनमा कुल पूजा हुँदै आएको छ । थाेर्गाका बिभिन्न स्थानका ज्ञवालीहरुले आ-आफ्ना कुलथानमा पुगेर पूजा गर्ने गर्दछन् ।

    वंश एकैठाउँ भएर पनि अहिले विभिन्न ठाउँबाट छरिएर रहेका ज्ञवालीहरुलाई एकै ठाउँमा जम्मा गराएर आत्मीयता बढाउनको लागि समेत कूल पूजाले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएका छन् ।kul puja gyawali a.jpg

    कूल पूजा गर्नु भनेको आफ्ना पितृहरुलाई सम्मान गर्नु पनि भएकाले यस्ता कामलाई निरन्तरता दिनुपर्नेमा सहभागिको भनाइ छ । कूल पूजा गर्नाले भ्रातृत्व प्रेमको विकास हुने अध्यक्ष खगेश्वर ज्ञवालीले बताउनुभयो ।

    सहभागिले कुल पूजा बित्रिबारेमा नयाँ पुस्तालाइ समेत जानकारी गराउनुपर्ने बताए । यसरी धर्म र संस्कृति संरक्षण हुनेमा उहाँहरुको भनाइ थियो ।  कार्यक्रममा बिभिन्न सन्दर्भमा सहयोग रकम प्रदान गर्ने बन्धुहरुलाइ धन्यवादसहित सम्मान गरिएको थियो ।puja.jpg

    अध्यक्ष खगेश्वर ज्ञवालीका अध्यक्षतामा भएको कार्यक्रममा सचिव परमानन्द ज्ञवालीले प्रतिबेदन पेश गर्नुभयो । भने कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    पूजाका लागि रोट बनाउने,खीर बनाउने चलन रहेको र यहाँ कुनैप्रकारको बली दिने चलन नरहेको लक्ष्मण ज्ञवालीले बताउनुभयो । कुल पूजामा थोर्गा  ठूलापोखरा क्षेत्रका करिब ३० घरपरिवारको सहभागिता रहेको थियो । सो अवसरमा युवराज ज्ञवाली,चिन्तामणी ज्ञवाली,डिल्लीराम ज्ञवाली,राेमनाथ ज्ञवाली, अच्युतराम ज्ञवाली,टुष्टराम ज्ञवाली लगायतले बोल्नुभएको थियो ।

    कुलपूजा (वंश)  को परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो। kul.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology