बुटवल,जेठ ८ ।
सानिमा रिलायन्स ईन्सोरेन्स कम्पनीले बुटवलमा बैदेशिक रोजगारी म्यादी जीवन बिमा बापतको घातकरोग बिमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीका प्रदेश प्रमुख ईन्द्र विश्वकर्माले ४ लाख ७५ हजार २ सय ४६ रुपैंयाको चेक दाबीकर्ता बिमित बुटवलका शंकर प्रशाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा बोल्दै प्रदेश प्रमुख ईन्द्र बिश्वकर्मा बुटवल ब्रान्च म्यानेजर प्रेम आचार्य, एमडिआरटि मानबहादुर कुँवर, एजेन्सी म्यानेजर विनोद खनालले जीवनको सुरक्षा, भवितब्य ब्यबस्थापन एवं अशक्तताको सुरक्षाका लागि बिमा जरुरी रहेको औंल्याएका थिए ।
साथै समाजमा अझै बिमा शिक्षाको आवश्यकता रहेको र छिटो छरितो सेवा एवं दावी भुक्तानीमा कम्पनिले सहजढंगले भुमिका खेल्ने गरेको बताएका थिए । यस्तै बिमित शंकर न्यौपानेले यसरी बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बिमा गर्दा घातक रोगको उपचारमा पनि कम्पनीले सहज ढंगले राहत प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए ।
उनले यसवारेमा धेरै मानिसलाई जानकारी नभएकाले पनि सुबिधाबाट बन्चित रहेका हुँदा कम्पनीलाई प्रचारप्रसारमा जोड दिन आग्रह गर्दै आँफुले पनि पहल गर्ने बताएका थिए ।
बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बिमा गर्दा बिमितले दुर्घटना बापत रु. १० लाख र घातकरोग बापत रु. ५ लाख सम्मको सुबिधा पाउने गर्छन । न्यौपानेले बैदेशिक रोजगारीका लागि कतार जाँदा श्रम स्वीकृति लिएका थिए जसमा सानिमा रिलायन्स कम्पनीको म्यादी जीवन बिमा गरेबापत उनले सो सुविधा लिएका हुन् । उनले कतारमा रहँदा ओपन हर्ट शल्यकृया मार्फत मुटुको भल्व परिवर्तन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)