Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रविलाइ जवाफ : ‘गगन थापा यो आन्दोलनको नेता हो,युवाहरूको राजनीतिक आइकन हो ’ : रामकुमारी झाँक्री

रविलाइ जवाफ : ‘गगन थापा यो आन्दोलनको नेता हो,युवाहरूको राजनीतिक आइकन हो ’ : रामकुमारी झाँक्री

  • 1.2K
    SHARES

  • रविलाइ जवाफ  : ‘गगन थापा यो आन्दोलनको नेता हो,युवाहरूको राजनीतिक आइकन हो ’ : रामकुमारी झाँक्री

    बुटवल,जेठ ८ ।

    नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गगन थापा आन्दोलन र युवाहरूको राजनीतिक आइकन भएको भन्दै उनीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएकी छिन् ।

    गृहमन्त्री लामिछानेले गगनलाई देशको सूचना बेचेको आरोप लगाएको भोलिपल्टै झाँक्रीले सामाजिक सञ्जालमामार्फत गृहमन्त्री लामिछानेलाई चुनौती दिएकी हुन् ।

    आफ्नै सामर्थ्यमा बनेको नेतामाथि आरोप लगाएर मात्रै नपुग्ने भन्दै उनले प्रमाणित गरेर देखाउन लामिछानेलाई चुनौती दिएकी छिन् ।

    ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको होु, झाँक्रीले सामाजिक संजालमा लेखेकी छिन्, ‘गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस् ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology