Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता भोलिदेखि,७ सय कलाकारको सहभागिता हुने

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता भोलिदेखि,७ सय कलाकारको सहभागिता हुने

  • 1.4K
    SHARES

  • बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता भोलिदेखि,७ सय कलाकारको सहभागिता हुने

    बुटवल,जेठ ६ ।

    बुटवलमा भाेलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता शुरु हुँदैछ ।लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा हुने दुई दिने प्रतियोगितामा प्रदेशका १० जिल्लाबाट प्रतियोगी टिम बुटवल आउदैछन । प्रतिष्ठानका अध्यक्ष दिपु मगरले रुकुम पूर्व र अर्घाखाँची बाहेक दश जिल्लाबाट टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

    हरेक जिल्लाबाट तीन जना पुरूष र तीन जना महिला सहितको टिम हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५, द्धितीयले ३३ हजार ३३३, तृतीयले २१ हजार १११ र सान्त्वनाले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    प्रतिष्ठानका सचिव योगराज पोखरेलले कार्यक्रममा ७०० कलाकारको सहभागिता रहने बताए । लुम्बिनी प्रदेश खेलकूद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले दोहोरी खेल दिमाग खिवाउने खेल भएकोले खेलकूदको विधामा पनि पर्ने बताए ।

    प्रतियोगितामा निर्णायक संमितिको संयोजकको जिम्मेवारीमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल रहेका छन् । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology