Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तियाे : सभापति पुन

सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तियाे : सभापति पुन

  • 1.1K
    SHARES

  • सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तियाे :  सभापति पुन

    नेपालगञ्ज,जेठ ५ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताउनु भएको छ ।

    नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो विमोचन कार्यक्रमलाई  नेपालगञ्जमा सम्बोधन गर्दै सभापति पुनले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउँदा आफ्नै नेता कार्यकर्ता फस्ने डरले एमाले आत्तिएको बताउनुभयो ।

    ‘देशभरका सहकारी संस्थामा एमालेका ९० प्रतिशत कार्यकर्ता संलग्न छन्, कतै समिति बन्यो भने हाम्रा कार्यकर्तालाई जोगाउन सकिँदैन कि भन्ने डरले गर्दा एमाले पहिल्यै झस्किएको हुनुपर्छ, त्यही भएर जो ब्यक्ति सहकारी काण्डमा मुछिएको छ, त्यो भन्दा बढी आक्रामक एमाले बनेको छ,’ सभापति पुनले भन्नू भयो।

    उहाँले लुम्बिनी प्रदेश सरकारले सत्ता टिकाउनका लागि मन्त्रालय थपेको टिप्पणी गर्दै प्रदेश सरकार मनपरी ढंगले चलिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकारका गतिविधिका बारेमा पत्रकारले चासो दिएर सही कुरा नागरिकसमक्ष सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्नु भो ।

    सभापति पुनले पत्रकारहरुले सकारात्मक विषयबस्तुलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै मर्यादित पत्रकारिताका लागि आफूले शुद्धिकरणको आवश्यकता देखेको बताउनु भयो । पार्टी र प्रेस युनियनबीच समन्वय र सहकार्यमा जोड दिँदै उहाँले पार्टीभित्रका समस्या समाधानमा प्रेस युनियनले भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।

    विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शुद्धिकरणका नाममा सक्रिय पत्रकारहरुलाई पन्छाउने काम युनियनलाई सह्य नहुने बताउँदै त्यसका विरुद्ध आफूहरु लागिपरेको उल्लेख गर्नु भो ।siva.jpg उहाँले जिल्ला शाखाहरुले गरेको निर्णयलाई टेकेर अघि बढ्नुपर्ने तर्क गर्दै गलत तरिकाले झुण्डका झुण्ड गैरपत्रकार थप्ने काम युनियनलाई मान्य नहुने बताउनु भएको छ । अध्यक्ष लम्सालले युनियनका सदस्यहरुको गतिविधि, क्रियाशीलता र अनुशासन हेरेर मात्र अब महासंघमा व्यक्तिहरु पठाउने बताउनु भयो । उहाँले पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनले नेतृत्वदायी भूमिका खेलिरहेको समेत बताउनु भएको छ ।

    नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीले युनियनसंग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताउनु भयो । उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पार्टी र युनियनसंग समन्वय गर्नुपर्ने उल्लेख गर्नु भयो । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासनमा नबस्ने आफ्ना सदस्यलाई युनियनले कारबाही गर्ने चेतावनी दिनु भयो । उहाँले पद लिन हतार गर्ने तर आफ्नो भूमिका ननिभाउनेहरुलाई ‘वाच’ गरिरहेको बताउनु भएको छ । उहाँले युनियनमा अब शुद्धिकरण अभियान चलाइने बताउनु भो ।

    प्रमुख अतिथि पुन र विशिष्ट अतिथि लम्सालसहित अन्य अतिथिले संयुक्तरुपमा क्यालेण्डर विमोचन गरेको कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले बोल्नु भएको थियो।calen.jpeg

    प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यबहाक अध्यक्ष जयसिंह केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरी, कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, कांग्रेस नेतृ एवम् प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य उमा थापा मगर लगायतको उपस्थिति थियो । प्रदेश महासचिव नवीन गिरीले सञ्चालन गरेको कार्यक्रममा सचिवालय सदस्य गौरव गिरीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology