बुटवल,जेठ ४ ।
नेपाल फार्मेसी संघ रुपन्देहीले फार्मेसीका बिद्यार्थीलाई लागू औषध तथा मनोद्विपक औषधि सम्वन्धि अभिमुखिकरण गरेको छ । संघले बुटवलमा कार्यक्रमको आयोजना गरी विभिन्न कलेजमा फार्मेरी अध्ययन गर्ने तेस्रो वर्षको विद्यार्थीलाई प्रशिक्षण गरेको हो ।
उक्त प्रशिक्षणमा मायादेवी टेक्निकल कलेज, लिट्स, आम्दा अस्पताल र देउराली जनता प्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थी तथा फर्मासिष्टहरुलाई लागू औषध तथा मनोद्विपक औषधि सम्मन्धि प्रशिक्षण गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले प्रशिक्षणले औषधिको क्षेत्रमा प्रवेश गर्ने तयारीमा रहेका विद्यार्थी मात्रै नभएर प्राक्टिस गरिरहेका फार्मासिष्टहरुले पनि लाभ लिन सक्ने बताउनु भयो । उहाँले लागु औषधको विषयमा अलि कडा कानुन पनि भएकाले कानुनको अनविज्ञताले हुने आउन सक्ने सम्भावित समस्या आउन नदिनको लागि तालिम महत्वपूर्ण रहेको भनाई राख्नुभयो ।
त्यस्तै संघका अध्यक्ष गणेशप्रसाद सेढाईले औषधिको ज्ञानको अभावमा औधिको दुरुपयोग पनि हुन सक्ने भएकाले कानुनी ज्ञान समेत प्रदान गर्नको लागि प्रशिक्षण कार्यक्रम गरिएको बताउनु भयो । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फर्मासिष्ट हुनु पर्ने बताउँदै फर्मासिष्टलाई पपनि कानुनी र व्यवहारिक ज्ञान आवश्यक देखिएको बताउँदै तालिमले सम्भावित समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षणमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षण दिपेन्द्र बानियाले लागू औषध दुर्वयसनी तथा फार्मेसीको भूमिका र त्यस भित्रका कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै औषधि व्यवस्था विभागका औषधि निरीक्षक चतुर्भुज धमाडी र अर्का औषधि निरीक्षक अप्सन पियाले सम्वन्धित विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, फार्मेसी संघ रुपन्देहीका उपाध्यक्ष चोपलाल सापकोटा, महासचिव उदयबहादुर खत्री लगायतले भनाई राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)