केशव पराजुली/बुटवल,जेठ ४ ।
रुपन्देहीको देवदह साझेदारी बनमा बन अनुगमन भएको छ । देवदह साझेदारी बन उपभोक्ता समुहको बन कटान क्षेत्र अन्तर्गत आवधिक खण्ड १ को बार्षिक उपखण्ड सिक्स ए र सिक्स बी मा आ.व. २०८० -८१ मा कटान मुछान भएको कार्यकोे स्थानिय जनप्रतिनिधी, समुह समिति, बन कार्यालय लगायत सरोकारवालाहरुको उपस्थितीमा शुक्रवार संयूक्त अनुगमन गरिएको हो ।
तिलोत्तमा नगरपालिकाको १७ वटा वडा, देवदहको ४ वटा वडा, ओमसतियाको ७ वटा वडा, रोहिणीको ६ वटा वडा र वुटवल उपमहानगरपालिका वडा नं. १० गरी ३५ वटा वडाका करिब २५ हजार उपभोक्ता रहेको उक्त बन समुहको ७६४ दशमलब २ हेक्टर क्षेत्रफलमा बन फैलिएकोे तिलोत्तमा सब डिभिजन बन कार्यालयका प्रमुख सुर्य प्रसाद मैनालीले जानकारी दिनु भयो ।
उहाँले प्रचलित बन सम्बन्धि कानुन तथा समुहको स्वीकृत बन ब्यवस्थापन कार्ययोजना अनुसार समुहको कटान मुछान भएको समेत बताउनु भयो । अनुगमनमा समुहका अध्यक्ष अकबाल खाँले समयमै बन पैदावार संकलन गरेर पुनरुत्पादनका क्रियाकलापहरु गर्नु पर्नेमा जोड दिनु भयो । वहाँले अनुगमनमा सहभागी सबैलाई सुझाव दिन समेत आग्रह गर्दै देवदह साझेदारी वन उपभोक्ता समुहलाई नमुना बन बनाउने प्रतिबद्धता समेत ब्याक्त गर्नु भयो ।
अनुगमनमा समुहका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल, देवदह १० का वडा सदस्य अमर लामिछाने, संचारकर्मी केशव पराजुली लगायतले बोल्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)