Logo बिहिवार, आश्विन १ गते २०८३
images

पेट्रोलियम पदार्थको नयाँ मूल्य : पेट्रोलमा प्रतिलिटर ७ ,डिजेल र मट्टितेलमा ५-५ रुपियाँ घट्यो

पेट्रोलियम पदार्थको नयाँ मूल्य : पेट्रोलमा प्रतिलिटर ७ ,डिजेल र मट्टितेलमा ५-५ रुपियाँ घट्यो

  • 1.2K
    SHARES

  • पेट्रोलियम पदार्थको नयाँ मूल्य : पेट्रोलमा प्रतिलिटर ७ ,डिजेल र मट्टितेलमा  ५-५ रुपियाँ घट्यो

    काठमाडौँ, जेठ ३ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपियाँले घटाएको हो ।

    मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एकसय ६८ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ७० र तेस्रो वर्गका लागि एकसय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एकसय ५१ रुपियाँ ५० पैसा, एकसय ५३ रुपियाँ र एकसय ५४ रुपियाँ पुगेको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ । नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology