Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘लोकतान्त्रिक गणतन्त्र :असललाई जिम्मेवारी खराबलाई दण्ड’

‘लोकतान्त्रिक गणतन्त्र :असललाई जिम्मेवारी खराबलाई दण्ड’

  • 1.5K
    SHARES

  • ‘लोकतान्त्रिक गणतन्त्र :असललाई जिम्मेवारी खराबलाई दण्ड’

    काठमाडौँ,जेठ ३ ।

    ‘लोकतान्त्रिक गणतन्त्र :असललाई जिम्मेवारी खराबलाई दण्ड’भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले जेठ १५ गते १७ औँ गणतन्त्र दिवस मनाउने भएको छ । 

    यसैगरी शान्ति समाजले जेठ १९ गते आफ्नो २९ औँ स्थापना दिवसका सन्दर्भमा सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक शिर्षकमा देशव्यापी नागरिक संवाद कार्यक्रम आयोजना गर्ने महासचिव रेनुका पौडेलले जानकारी दिइन् । 

    साथै जेठ अन्तिम साता कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक पाँच वटा नागरिक संवाद कर्णाली प्रदेशमा आयोजना गर्नुका साथै कर्णाली प्रदेशका ८४ जना दलित समुदायका बालिकाहरुलाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान गरिने उनको भनाइ छ  । 

    तत्पश्चात तराई मधेशको जीवनरेखा–हुलाकी मार्ग शीघ्र सम्पन्न गर्न ध्यानाकर्षण शीर्षकमा एक दर्जन जिल्लामा नागरिक संवाद कार्यक्रम हुने समाजले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology