Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

  • 951
    SHARES

  • संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

    काठमाडौँ, जेठ १ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसदमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।

    कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो । कांग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

    सङ्घीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुने कार्यसूची छ ।

    कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूचीपछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक सञ्चालन हुन नदिने जनाएको छ । कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमेत सहकारीको रकम अपचलनमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology