बुटवल,जेठ १ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् । कम्पनीको गत बैशाख ३० बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरुमध्येबाट ज्ञवालीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
यसैगरी, सोही बैठकले अध्यक्ष पदबाट जगत बहादुर पोखरेलले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)