Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

दोश्रो कान्छीबजार सांस्कृतिक मेलामा दर्शकको संख्या बढ्दै

दोश्रो कान्छीबजार सांस्कृतिक मेलामा दर्शकको संख्या बढ्दै

  • 1.6K
    SHARES

  • दोश्रो कान्छीबजार सांस्कृतिक मेलामा दर्शकको संख्या बढ्दै

    बुटवल, बैशाख ३१ ।

    रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा सञ्चालित दोश्रो सांस्कृतिक मेला–२०८१ मा दर्शकको संख्या बढ्दै गएको छ ।

    दुर्गा मन्दिर टोल बिकास संस्था तिलोत्तमा –१०, कान्छीबजारको आयोजनामा सञ्चालित दोश्रो कान्छीबजार सांस्कृतिक मेलामा मेलामा चर्चित गायिका ज्योति मगर,गायक हेमन्त शर्मा,शिव परियार, लोकदोहोरी गायिका प्रिति आले, चर्चित भोजपुरी गायक खेसारी लाल, अन्नु चौधरी लगायतका ख्यातिप्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती दिईसकेको टोल बिकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

    “कला, सँस्कृति, कृषि र पर्यटनको विकास–हाम्रो अभियान” भन्ने नाराका साथ गत बैशाख २० गते देखि दोश्रो कान्छीबजार सांस्कृतिक मेला–२०८१ शुरु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । mela kanchibazar.jpg

    मेला अत्यत्नै उत्साहजनक ढंगबाट सञ्चालन भईरहेको र दर्शकहरुको उल्लेख्य सहभागिता रहेको मेला संयोजक गोपाल गुरुङले जानकारी दिए । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीयबासीलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्य अनुरुप कान्छीबजारमा दोश्रो पटक सांस्कृतिक मेलाको आयोजना गरिएको संयोजक गुरुङले बताए । मेलामा कान्छीबजार डान्स आइडल समेत चलिरहेको छ  ।

    मेलामा मनोरञ्जनका लागि बाल उद्यान तथा विभिन्न खालका व्यवसायीक स्टल समेत राखिएको संस्थाले जनाएको छ । गर्मी मौसमलाई ध्यानमा राख्दै मेला प्रत्येक दिनको सांझ ५ बजे देखि रातको ११ बजे सम्म सञ्चालन हुदै आएको छ । मेला आगामी जेठ २ गते सम्म सञ्चालन हुने मेलाआयोजक सँस्थाले जनाएको छ । मेलामा भाेलि मंगलबार  र्यापर लाहुरेको टीमले प्रस्तुती दिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology