Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा कार दुर्घटना , एक जना पुरुष गम्भीर घाइते

तिलोत्तमामा कार दुर्घटना , एक जना पुरुष गम्भीर घाइते

  • 876
    SHARES

  • तिलोत्तमामा कार दुर्घटना , एक जना पुरुष गम्भीर घाइते

    बुटवल,बैसाख ३१ ।

    रुपन्देहीको तिलोत्तमा-१५ पत्थरडाँडामा सोमबार दिउँसो सवारी दुर्घटनामा परी एक पुरुष गम्भिर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय मँगलापुरले दिएको जानकारी अनुसार बा १५ च ६४०७ नम्बरको कार दुर्घटना हुँदा अन्दाजी ४५ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् ।

    घाइते भएका पुरुषलाई उपचारका लागि तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएको छ । भैहवादेखि बुटवलतर्फ आउँदै गरेको कारले सोही दिशामा रोकीरहेको ना १ क ४३६४ नम्बरको क्रेनलाई ठक्कर दिएको थियो ।

    घाइते व्यक्तिको थप पहिचान नखुलेको र घटना तिब्र गतिका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । दुर्घटनाग्रस्त गाडीमा भेटिएको कागजात अनुसार घाइते पुरुषको नाम दुर्गाबहादुर गुरुङ रहेको भएपनि पुष्टी हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    तिलोत्तमामा आजै विहान लु ३ च ५९२९ नम्बरको कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पनि तिब्र गतिका कारण भएको थियो । २ जना सामान्य घाइते भएको थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology