Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

शिव परियारले मच्चाए कान्छीबजार मेलामा सांगीतिक धमाका

शिव परियारले मच्चाए कान्छीबजार मेलामा सांगीतिक धमाका

  • 1.5K
    SHARES

  • शिव परियारले  मच्चाए  कान्छीबजार मेलामा सांगीतिक धमाका

    बुटवल,बैशाख ३०।

    रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा सञ्चालित दोश्रो सांस्कृतिक मेला–२०८१ मा चर्चित गायक शिव परियार आएका छन् ।

    दुर्गा मन्दिर टोल बिकास संस्था तिलोत्तमा –१०, कान्छीबजारको आयोजनामा सञ्चालित दोश्रो कान्छीबजार सांस्कृतिक मेलामा गायक परियारले रमाइलो गराएको टोल बिकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । मेलामा गायक परियारको बिशेष सांगीतिक प्रस्तुति रहेको थियो ।

    “कला, सँस्कृति, कृषि र पर्यटनको विकास–हाम्रो अभियान” भन्ने नाराका साथ गत बैशाख २० गते देखि दोश्रो कान्छीबजार सांस्कृतिक मेला–२०८१ शुरु भएको हो । 

    मेला अत्यत्नै उत्साहजनक ढंगबाट सञ्चालन भईरहेको र दर्शकहरुको उल्लेख्य सहभागिता रहेको मेला संयोजक गोपाल गुरुङले जानकारी दिए । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीयबासीलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्य अनुरुप कान्छीबजारमा दोश्रो पटक सांस्कृतिक मेलाको आयोजना गरिएको संयोजक गुरुङले बताए । 

    मेलामा यसअघि चर्चित गायक हेमन्त शर्मा, लोकदोहोरी गायिका प्रिति आले, चर्चित भोजपुरी गायक खेसारी लाल, अन्नु चौधरी लगायतका ख्यातिप्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती दिईसकेका छन् । भने मेलामा कान्छीबजार डान्स आइडल समेत सञ्चालन भईरहेको छ । 

    मेलामा मनोरञ्जनका लागि बाल उद्यान तथा विभिन्न खालका व्यवसायीक स्टल समेत राखिएको संस्थाले जनाएको छ । गर्मी मौसमलाई ध्यानमा राख्दै मेला प्रत्येक दिनको सांझ ५ बजे देखि रातको ११ बजे सम्म सञ्चालन हुदै आएको छ । मेला आगामी जेठ २ गते सम्म सञ्चालन हुने मेला आयोजक सँस्थाले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology