Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

लगईन एजुकेशनमा उद्घोषण,व्याक्तित्व विकास सम्बन्धि तालिम समापन

लगईन एजुकेशनमा उद्घोषण,व्याक्तित्व विकास सम्बन्धि तालिम समापन

  • 3.1K
    SHARES

  • लगईन एजुकेशनमा उद्घोषण,व्याक्तित्व विकास सम्बन्धि तालिम समापन

    बुटवल,बैसाख २९ ।

    बुटवलमा एक हप्ते उद्घोषण, नेतृत्व विकास ,ब्यक्तित्व विकास तालिमको आज समापन भएको छ । एक हप्ते तालिममा एक दशक देखि सञ्चार क्षेत्रमा कार्य गर्दे आएका सञ्चारकर्मी मार्फत स्टेज उद्घोषण, टिभि उद्घोषण, मोटिभेसन  तथा नेतृत्व विकास र ब्यत्तित्व विकास सम्बन्धी प्रशिक्षण गराईएको लगईन एजुकेशन प्रालि बुटवलका सञ्चालक अर्जुन खनालले बताउनुभयो ।

    २५ जना प्रशिक्षार्थीहरु रहेको उक्त तालिममा पब्लिक स्पिकर जीडि सिखर ,बुद्ध टिभिका कार्यक्रम प्रस्तोता भागवत भट्टराइ, कल्पना गौडेलले उद्घोषण सिकाउनु भएको थियो ।

     समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले आफना अनुभव प्रस्तुत गर्नुभएको थियो भने प्रशिक्षार्थी सन्ध्या पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बुटवलको गोलपार्कमा सम्पन्न भएको उक्त तालिमको संयोजन गणेश भन्डारीले गर्नु भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, बैशाख २९ २०८११०:३६:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology