Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनद्वारा लुम्बिनी भ्रमण

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनद्वारा लुम्बिनी भ्रमण

  • 750
    SHARES

  • नेपालका लागि अमेरिकी राजदूत  डिन आर थम्पसनद्वारा लुम्बिनी भ्रमण

    लुम्बिनी, बैशाख २९ ।

    नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

    लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गरेका हुन् । राजदुत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे ।

    उक्त अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिती थियो । राजदुत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिएका थिए । टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा। हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीको बारेमा राजदुत थम्पसनलाई जानकारी गराएका थिए ।

    उक्त अवसरमा सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा. हरिध्वज राइ, सूचना अधिकृत राजन बस्नत लगायतको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology