Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

मुक्तिनाथधाममा तीन दिने पूजाविधि प्रशिक्षण

मुक्तिनाथधाममा तीन दिने पूजाविधि प्रशिक्षण

  • 987
    SHARES

  • मुक्तिनाथधाममा तीन दिने पूजाविधि प्रशिक्षण

    बुटवल ,वैशाख २८ ।

    बुटवल १२नयाँगाउँमा अवस्थित श्री स्वामीनारायण मुक्तिनाथ धाममा तीनदिने सरल पान्चायन पूजाविधि प्रशिक्षण  सम्पन्न भएको छ ।

    मुक्तिनाथ धामका पीठाधीश लोकानन्द महाराजको सान्निध्यमा  श्री स्वामीनारायण मुक्तिनाथ नारीजगृति समूहको आयोजना एवं लुम्बिनी पूजासामग्री भण्डारको संयोजनमा २५,२६ र २७ गते संचालित प्रशिक्षणमा मानव अधिकार महिला एकलसमूह, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधिलगायत २०० जना प्रशिक्षार्थी सहभागी थिए।

    नेपालको मौलिक धर्मसंस्कृति , परम्परा एवं शास्त्रीय विधानयुक्त सरल पाञ्चायतन पूजाको प्रयोगात्मक विधिसहित सञ्चालन गरिएको प्रशिक्षणमा ज्योतिष जनार्दन न्यौपानेले वास्तुअनुसारको पूजास्थल, पाञ्चायन देवताको स्थापना विधि, आचार्य पं कूरेश पाण्डेले पूजाविधि एवं मन्त्रोच्चारण , सुन्दर भण्डारीले मूर्तिहरूको प्रामाणिकता तथा पूजासामग्रीका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    समापन समारोहमा धामका पीठाधीश लोकानन्द महाराजजीको आशीर्वचनसँगै वडा नं १२ का वडाध्यक्ष्य डिल्लीप्रसाद शर्मा , धामका अध्यक्ष बाबुराम महत लगायतले मन्तव्य राख्दै यस कार्यक्रमले  धर्मसंस्कृति एवं पूजाविधिका बारेमा धेरै जानकारी प्राप्त भएको र यसप्रकारका प्रशिक्षणात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

    श्री स्वामीनारायण मुक्तिनाथ  नारीजागृति समूहकी अध्यक्ष बिष्णु बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रम गौरी शर्माले  सञ्चालन गर्नुभएको थियो ।puja.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology