Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

पाल्पाको रामपुरका आगलागी पीडितलाई लत्ताकपडा वितरण

पाल्पाको रामपुरका आगलागी पीडितलाई लत्ताकपडा वितरण

  • 729
    SHARES

  • पाल्पाको रामपुरका आगलागी पीडितलाई लत्ताकपडा वितरण

    रामपुर,पाल्पा बैसाख २८ ।

    पाल्पाको रामपुर नगरपालिकामा आगलागी पीडितहरुलाई लत्ताकपडा वितरण गरिएको छ । क्लोथ एण्ड फूड बैंक, नेपालले जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वय तथा उपकार मार्ट रामपुरको सहकर्यामा रामपुर नगरपालिका वडा न ४ र ५ का घरधुरीलाई कपडा वितरण गरिएको पाल्पाका अध्यक्ष सुर्य जिसीले बताए ।

    उनले भने, ‘उक्त  घरपरिवारमा बालबालिका गरी प्रत्येक सदस्यहरुलाई दुइ दुइ जोर लगाउने कपडा र ओड्ने ओछाउने  पुग्ने गरी वितरण गरेका छौं र पाल्पा जिल्लामा आगोलागी जस्ता भयवित अवस्था आउदा अब देखि कपडा बैंक छ सम्झनु होला । हाम्रो नारा भनेकै प्रयोगमा नआएको कपडा पुन प्रयोग कोहि नाङ्गो नरहून भन्ने हो ।

    हाल हाम्रो कपडा बैंक मार्फत विभिन्न जिल्लाहरु सहित गरेर ६६३ घर धुरीलाई लता कपडा बितरण गरिएको बताए । अघिल्लो हप्ता रुपन्देहीको रोहिणी गाउपालिकामा कपडा बैंकले ८६ घर परिवारलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित लता कपडा वितरण गरेको थियो ।

    रामपुर मार्ट रामपुरका अध्यक्ष बिष्णु प्रसाद गौतमले आगलागीबाट ८  वटा घरमा क्षति पुगेको र कपडा बैंक संग को सहकार्य हुदै गर्दा पिडितलाई  आवश्यक लता कपडा बितरण गर्न सकिएको बताए ।  उनका अनुसार ८ वटा घरमा पूर्ण रुपमा क्षति भएको छ । उनले भने, ‘वडा नम्बर ३, ४, र ५ का ८  स्थानमा आगलागी हुदा दुख समेत ब्यक्त गर्नु भयो । food and cloth bank.png

    पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले ज्यु को उपस्थितिमा यो कार्यक्रम भएको थियो । कपडा बैंकको यो कार्यक्रमलाइ शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी ज्यु ले आफुले थप सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भयो । आगलागी भएपछि जिल्ला व्यवस्थापन समिति घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरी पीडितलाई क्षतिको आधारमा विभाजन गरी सम्बन्धित पालिकाको सिफारिसमा सहयोग प्रदान गरिने कुरा प्रजीअले जानकारी दिए ।

    क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि।सी। ले आपतकालीन अवस्थामा मात्र नभई स्थानीय निकायले सिफारिश गरेमा जुन सुकै समय मा पनि निशुल्क कपडा उपलब्ध गराउने प्रतिबद्दता गरे । कार्यक्रम वडा का जनप्रतिनिधि ज्यु हरुको उपस्थिमा गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology