Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

लागुऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा बुटवलको बैदवार फार्मेसीमा छापा,संचालक पक्राउ

लागुऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा बुटवलको बैदवार फार्मेसीमा छापा,संचालक पक्राउ

  • 1.5K
    SHARES

  • लागुऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा बुटवलको बैदवार फार्मेसीमा छापा,संचालक पक्राउ

    बुटवल,बैशाख २७ ।

    बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फार्मेसी सञ्चालक कमलबहादुर बिक रहेका छन् । उनी अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।

    औषधि जस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय बुटवलले सञ्चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।

    लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेको उनले बताए । डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागुऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको जानकारी दिए ।

    प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology