Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘सबैले गल्ती स्वीकारौं,पार्टी आफ्नो ट्याकमा आउँछ’ : कांग्रेस उपसभापति खड्का

‘सबैले गल्ती स्वीकारौं,पार्टी आफ्नो ट्याकमा आउँछ’ : कांग्रेस उपसभापति खड्का

  • 1.2K
    SHARES

  • ‘सबैले गल्ती स्वीकारौं,पार्टी आफ्नो ट्याकमा आउँछ’ : कांग्रेस उपसभापति खड्का

    बुटवल,वैशाख २६ ।

    नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सञ्चालनका क्रममा भएका गम्भीर कमजोरी स्वीकार गर्दै आफू सच्चिन तयार भएको बताएका छन् ।

    नेपाल मुस्लिम संघ लुम्बिनीको प्रथम सम्मेलनलाई बुधवार बुटवलमा सम्बोधन गर्दै उनले भएका कमजोरी स्वीकार्दै पार्टी पुनः निर्माण गरेर पार्टी जोगाउनुपर्ने अवस्था आएको बताएका हुन् ।

    ‘पार्टीमा सुधार गर्न जरुरी छ । रूपान्तरण र पुनः निर्माण जरुरी छ,युवा सहभागिता देशले खोजिरहेको छ तर पार्टी कसरी सुध्रने त ? यसका लागि पार्टी नेतृत्व चलायमान बनाउनुपर्ने छ, जीवन्त बनाउनुपर्ने छ,पार्टीकै कमजोरी र त्रुटि भएरै होला गुनासा आएका’ नेता खड्काले भने- ‘हिजो कमजोरी भएकाले समस्या भएका होलान् ती कुराहरू सुधार्न म तयार छु, म सुध्रन तयार छु, म संकल्प गर्छु मेरा कमजोरी सुधार्न म तयार छु, म तपाईँहरूले बनाएको उपसभापति हुँ मैले भएका गल्ती स्वीकार्न तयार छु, सबैले गल्ती स्वीकारौं, पार्टी आफ्नो ट्याकमा आउँछ ।’

    ‘बिना स्वार्थ कांग्रेस जोगाएको पुस्ताले गुनासो गरेको छ, पार्टी बचाएको पुस्तालाई सम्मान गरौँ, अहङ्कार र घमन्डबाट मुक्त भएर अगाडि बढौँ धेरै विषय समाधान हुन्छ’ नेता कार्यकर्ताले उठाएको प्रश्नको जवाफमा उनले भने ।

    ‘तहअनुसारको जिम्मेवारीमा बसेकाले मनन गरौँ, हामीले उठाएका विषयप्रति, सिद्धान्तप्रति प्रश्न कतै उठेको छैन मात्रै नेतृत्वको विषयमा आलोचना खबरदारी भएको छ, यो सच्चाउन सकिन्छ । कांग्रेसको सिद्धान्तमा बहुसंख्यक नेपालीहरू सहमत छन् तर हामीले त्यसलाई सहज ढंगले चलाउन नसकेको प्रष्ट हो’ खड्काले भने ।

    सम्बोधनको अधिकांश समय पार्टीका कमजोरीका विषयमा बोलेका खड्काले मतदाता र कांग्रेसबीचको दुरी बढेर गएको प्रष्ट पारे । ‘मैले र हामीले त्यो जिम्मेवारी पूरा गर्न सकेनौ, जनताको गुनासो कांग्रेससँग बढी भएको भरोसाका कारण हो, विश्वासका कारण हो भनेर बुझौँ’ उनले भने ।

    संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा प्रदेशलाई समस्या भएको र संघीयताको विपक्षमा प्रश्न उठाउनेलाई बल पुगेकाले यसलाई छिटो समाधान गरिनुपर्ने उनको भनाइ थियो । उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो ।muslim.jpg

    ‘इलाममा पार्टीले यसअघिको आफ्नो मत जोगाएको छ, इलाममा बाम गठबन्धनविरुद्ध हामी लडेका हौँ, बझाङमा एक्लै लड्यौ, तर हाम्रो मत घट्यो, हाम्रो मत स्थिर भयो, यसमा गम्भीर हुनुपर्ने छ, मतको संकेत बुझेर अबको रणनीति बनाउनुपर्ने छ, नयाँ मतलाई आकर्षित गर्ने गरी योजना बनाऔँ’ उनले भने ।

    शान्ति प्रक्रियाका काम पूरा गर्न र संविधान कार्यान्वयन नेपाली कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव भएको उनले बताए । ‘अहिले बढेको निराशा हटाउन, विकास र समृद्धि पूरा गर्न कांग्रेसको नेतृत्व देशवासीले खोजेको छ, यसका लागि हामीले योजना बनाऔँ, आन्तरिक कमजोरी हटाएर अगाडि बढौँ’ उनले भने ।

    उक्त सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रदेश सांसद अब्दुल रज्जाक , कांग्रेस केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार , कांग्रेस केन्द्रिय स्दस्य देबेन्द्र कडेंल ,  नैन सिंह महर लगाएत केन्द्र देखी जिल्ला सम्मका नेताहरूको सम्बोधन गरेको  मुस्लिम संघ लुम्बिनी प्रदेसका सभापति जाकिर हुसेनले बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology