काठमाडौँ, बैशाख २५ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको बचत अपचलन प्रकरणमा व्यक्तिकेन्द्रित छानबिन गर्न संसदीय समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाली कांग्रेसले रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको भन्दै छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै संसदमा विरोध गरिरहेको छ। उक्त आरोप मिथ्या भएको समेत रास्वपाको ठहर छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)