Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

हावाहुरीका कारण काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा फ्लाइट रद्द

हावाहुरीका कारण काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा फ्लाइट रद्द

  • 1.9K
    SHARES

  • हावाहुरीका कारण काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा फ्लाइट रद्द

    काठमाडाैँ,बैसाख २४ ।

    हावाहुरीले आज बेलुका सातवटा अन्तरिक उडान डाइभर्ट भएका छन् । काठमाडौं उपत्यकामा सोमबार साँझ एक्कासी हावाहुरी चलेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका हुन्। हावाहुरीकै कारण काठमाडौंतर्फ आइरहेका सातवटा आन्तरिक उडान डाइभर्ट भए भने काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा फ्लाइट रद्द भएका छन्।

    डाइभर्ट भएका उडानहरु बुद्ध एयर, श्री एयरलाइन्स लगायतका हुन्। बुद्ध एयरको नेपालगञ्ज, जनकपुर, विराटनगर र भैरहवाबाट काठमाडौंतर्फ आइरहेको वायुयान डाइभर्ट भएको भित्रुवन विमानस्थलले जनाएको छ। बुद्धका भैरहवाबाट उडेका दुईवटा फ्लाइट डाइभर्ट भएका हुन्। यस्तै, श्री एयरलाइन्सको सुर्खेत र धनगढीबाट आइरहेका जहाज डाइभर्ट गरिएको छ।

    काठमाडाैँबाट भैरहवाका लागि उडेको यति एयरको फ्लाइट जनकपुर पुग्नुपरेको यति एयरका यात्रुसमेत रहेका  बुटवलका राजन अधिकारीले नागरिक अनलाइलाइ जानकारी दिए ।

    ‘फ्लाइट कुलेखानीबाट रिटन भएर काठमाडौ गयो,काठमाडौँ,अबतरण हुन नसकेपछि जनकपुर पुगी र ठूलो दुर्घटना हुनबाट बचेपनि हामीहरू ७५ प्रतिशत बाच्ने आशा मारिसकेका थियौँ ।’ - उनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology