बुटवल,बैशाख २४ ।
बुटवलमा कालिकानगरमा करीब १ करोड रुपैया लगानीमा सुविधासम्पन्न होटल द प्राङ्गढ संचालनमा आएको छ ।होटलमा दुई दशक अनुभव बटुलेका कृष्ण भुषाल र ब्यवस्थापनमा अनुभवी ऋषिराम पोखरेलले बुटवलमा नया होटल संचालनमा ल्याएका छन।
ईन्डौर कटेज, देउराली होटल , होटल बेकन चलाएका भुषाल र बैकमा अनुभवि पोखरेलले होटल द प्राङ्गढ शुरू गरेका हुन् ।को छ ।
एक समारोहका बिच रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले उद्घाटन गर्दै युवा पलायनलाई रोक्ने विकल्प पर्यटन उद्योग भएको बताए। युवाहरुलाई स्वरोजगार पेशामा जोड्ने सरकारबाट नीतिगत रुपमा योजना ल्याउनुपर्ने सुझाव दिए।
ब्यवसाय थला पर्नुमा घरभाडाको मार, बैकको ब्याजदरसंगै प्रदेश राजधानीसमेत सर्नु प्रमुख कारण भएको उनले दाबी गरे। शान्तिसुरक्षा मुख्य चुनौती देखिएको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि संघ संस्थागत रुपमा पहल गर्दै आएको दाबी उनले गरे। बुटवल बजारलाई चलायमान बनाउन रात्रीकालिन ब्यवसाय आवश्यकता भएको उनले बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले प्राकृतिक रुपमा नेपाल धनी देशभएको भन्दै यसलाई पर्यटन र उद्योगमा जोड्न जरुरी रहेको बताए। राजनितिक नेतृत्वप्रति आम नागरिकको वितृष्णा बढ्दै गएको भन्दै अब आफैबाट ससाना विकासमा लाग्नुपर्ने सुझाव दिए। होटल, रेष्टुरेन्ट ब्यवसायीहरु अब आफ्नो क्षेत्रका पर्यटकिय गन्तव्यबारे चिनाउने गरि अभियान थाल्नुपर्ने उनले बताए।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले युवा पलायनको वर्तमान विकराल अवस्थामा अनुभवी दुई जना पर्यटनबाट स्वदेशमा काम गर्ने गरि लगानी गरिनु सकारात्मक भएको बताए। कालिकानगर होटल ब्यवसाय विकासमा अगाडि रहेको उनले बताए।
कार्यक्रममा संघका महासचिव अर्जुन भुषालले देशको आर्थिक अवस्था सुधारतर्फ गैरहेको भन्दै पर्यटनबाट आर्थिक समृद्धिको नारासहित आफुहरु निरन्तर अगुवाई गरेको बताए। कालिकापथ, अमरपथ र ट्राफिक चोक क्षेत्रलाई रात्रीकालिन ब्यवसाय संचालन गर्ने पहलका लागि अघि बढाएको उनले बताए ।
होटलमा अनुभव बटुलेका कृष्ण भुषाल र बैकमा लामोसमय लागेका ऋषिराम पोखरेल दुई जनाले होटल संचालनमा ल्याएका हुन। संचालक कृष्ण भुषालले आवासिय र खानाका परिकारसहितको सेवा दिईने बताए। होटलमा १६ वटा कोठाहरु छन। करीब १ कठ्ठा १ धुर जग्गामा निर्माण गरिएको चार तल्ला भवनमा लिजमा संचालनमा ल्याएका छन।
होटलमा सय जना क्षमताको बार र रेष्टुरेन्ट तथा ७० जना क्षमताको सेमिनार हल अण्डरग्राउण्ड रहेको छ। ब्यवस्थित पार्किङ समेत रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)