बुटवल, पुस १५-
बुटवलमा १३ बर्षदेखि संचालनमा रहेको श्रेष्ट टेलरिङ सेन्टरले जाडोको अफर शुरु गरेको छ । जाडो मौसमलाई मध्यनजर गरि ५ हजार ६ सय रुपैयाँमा ग्राहकको रोजाई र नापमा टुईड कोटको अफर शुरु गरेको हो ।
सस्तोमा कोट लगाउन सकुन् भन्ने उद्धेश्यले जाडोमा उपर्यक्त हुने टुईड कोटको अफर ल्याएको सञ्चालक जीवन परियारले नागरिक अनलाइनलाइ बताए । बुटवलको नेपालगञ्ज रोडमा रहेको सो टेलरले कोटका पारखीहरुलाई लक्षित गरी विहिबारदेखि लागू हुने गरी विशेष छुट अफर ल्याएको परियारले बताए ।
सोहि कोटलाइ अघिपछि ७-८ हजार मूल्य पर्ने उनको भनाइ छ ।
अफरको अवधिमा सेवा लिन उनको सबैलाइ आग्रह छ । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा तथा बाग्लुङ लगायतका जिल्लाहरुमा समेत आफ्नो उत्पादन पुर्याउँदै आएको टेलरिङमा सुट आइटमहरुको माग बढी रहेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)