बुटवल,बैसाख २३ ।
गौलि पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपालले संस्थाका अध्यक्ष बासुदेव पन्थीको अध्यक्षतामा आज बुटवलमा एक कार्यक्रमका बिच नयाँ बर्ष २०८१ को भित्ते पात्रो बिमोचन,शुभकामना आदान प्रदान तथा पन्थी बंश ग्रन्थ माथि चर्चा गरेको छ ।
२०७० सालमा स्व. चन्द्रकान्त पन्थीको नेतृत्वमा स्थापना स्थापना भएको पन्थी समाजले स्थापना कालदेखि पन्थीहरुको बार्शीक मुखपत्र प्रकासन गर्दै आएको अध्यक्ष बासुदेव पन्थीले बताए ।
उनले पन्थीहरुको उद्गम स्थान , पहिचान र पुस्तावलिको बारेमा समेत स्पष्ट पारेका थिए ।कार्यक्रममा उपाध्यक्ष बिष्णु हरि पन्थीले समाजले देशै भरिका गौलि पन्थी लाई अझै संगठित गर्दै पन्थीको बंश ग्रन्थका कतिपय बिषय खोज गर्नु पर्ने भएकाले बंश ग्रन्थ अझै पुर्ण हुन नसकेको बताए ।
रविलाल पन्थीले स्वस्तिक बाचन गरेर भित्तेपात्रो बिमोचन गरिएको थियो ।भने पन्थीहरु बिच परिचयात्मक कार्यक्रम पनि भएको थियो ।कार्यक्रमको संचालन सचिव राम प्रसाद पन्थीले गरेका थिए भने कार्यक्रमको संयोजकत्व कोषाध्यक्ष प्रकास पन्थीले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)