बुटवल,बैसाख २३ ।
अर्घाखाँचीमा जिल्लाको सन्धिखर्क नगरपालिका र पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने भएको छ। सन्धिखर्क नगरपालिका तथा रिब्दिकोट गाउपालिका, पाल्पा र क्लोथ एण्ड फूड बैंक नेपाल आज कपडा बैंक सञ्चालन गर्ने संझौता भएको हो ।
क्लोथ एन्ड फुड बैंक नेपालको र सन्धिखर्क नगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ र उप प्रमुख मिश्रा आचार्यले बताउनुभयो ।
यसै गरि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की र उपाध्यक्ष कान्ता अधिकारी ले यो कार्यक्रमले समग्र नेपालको हित अनुरुप कार्य गर्ने र जसले गर्दा टोल समुदायको बातावरण पनि सफा हुने प्रयोगमा नआएका कपडा पुन प्रयोग पनि यो अभियानमा जोडिन पाउदा खुसि व्यक्त गर्नुभयो ।
सोहि पालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले आफुले कोरियामा देखेको पोखरेलले र हाल नेपाल मा पनि सुरुवात भएकोले यो कार्यमा सबैलाई सहयोगको लागि समेत अनुरोध गर्नु भयो । पछिल्लो समयमा कपडा बैंकले विभिन्न पालिकाको अनुरोधमा र सिफारिसमा आगोलागीबाट पिडित ६६३ घर धुरी परिवारलाई कपडा प्रदान गर्दै गर्दा साच्चिकै पुण्यको कार्य भैरहेकोमा यो कार्यक्रमका अभिभावक महानायक राजेश हमालले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद समेत दिनुभयो ।
नगरपालिकाको उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन प्रशोधन रि-साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने कुरा यस कार्यक्रम का अध्यक्ष कमल जी सीले बताउनुभयो ।
जिसीले देशभरका स्थानीय सरकार तथा विभिन्न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे । उनले भने देशभर हाल १५ वटा कपडा बैंक संचालन गर्दा ६६३ घरधुरीलाई ३-३ जोर का हिसाबले लत्ता कपडा निशुल्क प्रदान गर्न सफल क्लोथ बैकले भबिस्यमा हरेक घर घर मा पुगेर कपडा वितरण गर्ने क्लोथ बैकको सपना रहेको छ ।
मानवीय सेवाभावले स्थापना गरिएको कपडा बैंकका शोरुममा गएर कुनै पनि प्रसार नहुने गरि आबेदन फारम भरेर अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिलेसम्म १६० स्थानिय सरकार यो अभियानमा जोडिदै गर्दा सन्धिखर्क नगरपालिका र रिप्दिकोट गाउपालिकालाइ पनि धन्यवाद दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)