Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

तिलोत्तमा कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला–२०८१ शुरु

तिलोत्तमा कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला–२०८१ शुरु

  • 1.8K
    SHARES

  • तिलोत्तमा कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला–२०८१ शुरु

    बुटवल,बैसाख २२ ।

    रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला–२०८१ शुरु भएको छ । आगामी जेठ २ सम्म सञ्चालन हुने मेलाको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्धाटन गरे ।

    उद्धाटन गर्दै नगरप्रमुख खाँणले तिलोत्तमा क्षेत्रको बिकासमा मेला महोत्सवले सहयोग गरेको बताए । उनले यसले मेला महोत्सवले आर्थिक चलायमान गराउने उल्लेख गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबी चौधरीले तिलोत्तमा सबै क्षेत्रबाट अग्रणी रहेको भन्दै गर्मि छल्दै मनोरञ्जन लिन सन्ध्याकालिन मेला सञ्चालन गर्नु उत्कृष्ट कार्य भएको बताईन् ।

    सो अवसरमा बोल्दै डा दामोदर भुसालले मेलाको सफलताको शुभकामना ब्यक्त गरे । दुर्गा मन्दिर टोल बिकास संस्थाको आयोजनामा “कला, सँस्कृति, कृषि र पर्यटनको विकास–हाम्रो अभियान” भन्ने नाराका साथ दोश्रो कान्छीबजार सांस्कृतिक मेलाको आयोजना सञ्चालन भएको संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।kanco.jpg

    मेलामा चर्चित लोकदोहोरी गायक बद्रि पँगेनी, लोकदोहोरी गायक पशुपति शर्मा, लोकदोहोरी गायिका शान्ती श्री परियार, लोकगायक प्रकाश सपुत लगायत राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहने संस्थाका उपाध्यक्ष निल गुरुङले जानकारी दिए ।संस्थाका अनुसार मेलामा ४० भन्दा बढी विभिन्न खालका व्यवसायीक स्टल तथा बालउद्यानका स्टलहरु समेत रहेका छन् ।

    गर्मी मौसमलाई ध्यानमा राख्दै मेला प्रत्येक दिनको सांझ ५ बजे देखि रातको ११ बजे सम्म सञ्चालन भईरहेको मेला संयोजक गोपाल गुरुङले जानकारी दिए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology