बुटवल,बैसाख २० ।
म्यालपोखरी रुपन्देही सेवा समाजले क्यान्सर बिरामीलाई आर्थिक सहयोग गरेको छ । गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजले प्राणघातक क्यान्सर रोगको काठमाण्डौमा उपचाररत मदाने गाउँपालिका वडा नम्बर चारका भोज बहादुर बोहोरा र हाल बुटवल उपमहानगरपालिका वडा न १२ वस्ने अर्जुन थापा लाई निजहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सेवा समाजले आर्थिक सहयोग अभियान अन्तर्गत सहयाेग गरेको हाे ।
गैनी डाँडागाउ सहकार्य संस्था मदाने गाउँपालिका वडा – ४ गुल्मीका अध्यक्ष बालाराम पुरीले संस्थाको तर्फवाट र पदाधिकारी सदस्यहरुवाट सहयोग प्राप्त रकम रु १३,०४०।– दुबै जनाको उपचार सहयोगका लागी गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाज मार्फत प्राप्त उक्त रकम र गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजले पदाधिकारी सदस्य तथा अन्य व्यक्तिहरुको सहयोगमा प्राप्त भएको कुल ४८,०१५।– (अक्षरुपी अडचालिस हजार पन्ध्र रुपैया) मध्य भोज बहादुर बोहोरालाई रु २३,५०३।– र अर्जुन थापालाई रु २४५१३ सेवा समाज मार्फत प्रदान भएको हो ।
विरामीहरु काठमाण्डौमा उपचाररत भएकाले निजहरुको बैक खतामा रकम जम्मा गरिएको समाजका सचिव दामोदर पोख्रेलले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)