Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पत्रकार महासंघ युरोपको अध्यक्षमा राई,महासचिवमा परियार

पत्रकार महासंघ युरोपको अध्यक्षमा राई,महासचिवमा परियार

  • 1.5K
    SHARES

  • पत्रकार महासंघ युरोपको अध्यक्षमा राई,महासचिवमा परियार

    भरत प्रधान/ लिस्बन,बैशाख २० ।

    नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । 

    बुधबार जुममार्फत सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल र बासु सत्याल चयन हुनुभएको छ । 

    अधिवेशनले महासचिवमा शेरबहादुर परियार, उपमहासचिवमा भरत प्रधान, कलश खरेल र अशिम लोप्चनलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा महिन्दो वाइवा, रमेशराज बाँस्तोला र दिनेश गौतम चयन हुनुभएको छ भने कोषाध्यक्षमा इन्दिरा चाम्लिङ चयन हुनुभएको छ ।

    शाखाको सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा ( फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राई (पोर्चुगल) कमल पन्थी (हंगेरी), माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल्र), अमृता राई (रोमानिया) र मनि तमु सर्वसम्मत चयन हुनुभएको छ । 

    सो अवसरमा अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको मुद्धामा नेपाली पत्रकारहरुले अहिले पनि लडाई लड्नुपर्ने अवस्था रहेको बताउनुभयो । प्रेस स्वतन्त्रताको सन्दर्भमा नेपाली पत्रकारिता चुप लागेर बस्ने अवस्था नरहेको उल्लेख गर्दै पोखे्रलले श्रमजीवि पत्रकार र प्रेस स्वतन्त्रताको लडाईमा सबै पत्रकारहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    पोख्रेलले विदेशी भूमिमा रहेर पत्रकारिता गर्दा पत्रकारिताको मूल्य मान्यता र सम्बन्धित देशको कानुनलाई समेत ध्यानमा राख्न आग्रह गर्नुभयो । महासङ्घ सबै पत्रकारको साझा संस्था रहेको उल्लेख गर्दै उहाँले महासङ्घलाई बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा समेत ब्यक्त गर्नुभयो । 

    शाखा अध्यक्ष प्रेम परियारको अध्यक्षता, उपाध्यक्ष राजकुमार थापाको स्वागत तथा महासचिव द्रोण रिजालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती, नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)का अध्यक्ष सुरज भण्डारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष शान्त पहारी, प्रेस सेन्टर नेपालका उपमहासचिव राजेश चाम्लिंग राईलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    महासङ्घका प्रतिनिधि नरेश खपाङ्गी मगर तथा महासङ्घ केन्द्रीय सचिव सृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा, सरिता बराईली, केसी लामिछाने र रिङ्कुकुमारी मिश्र गठित निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनले १० बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology