Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बुटवलमा निःशुल्क खाना वितरण

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बुटवलमा निःशुल्क खाना वितरण

  • 819
    SHARES

  • १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बुटवलमा निःशुल्क खाना वितरण

    बुटवल,बैशाख १९ ।

    रुपन्देही ब्यापार संघ कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा निःशुल्क खाना वितरण गरिएको छ।

    कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिले बुटवल–५ पुरानो बसपार्कमा श्रमिकहरुलाई निःशुल्क भोजन खुवाइएको हो। श्रमिकहरुको सम्मना स्वरुप ५ सय बढी मजदुरलाई निशुल्क खाना खुवाएको कस्मेटिक तथा गिफ्ट समितिका अध्यक्ष सरोज ज्ञवालीले बताए।

    कार्यक्रममा बोल्दै ज्ञवालीले श्रमिकहरुको हकहितमा विभिन्न संघ संस्थाले आवाज उठाउदै आएपनी पूरा हुन नसकेको बताए।  
    रुपन्देही ब्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले आर्थिक मन्दिमा व्यवसायीलाई आफू बच्ने कि मजदुरलाई बचाउने भन्ने चुनौतीपूर्ण अवस्था रहेको बताए। उनले राज्य प्रति गुनासो राख्दै व्यवसायीलाई विभिन्न कालखण्डमा प्रयोग गरिएको बताए।

    त्यसैगरी बुटवल–६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले  श्रमिकहरुको सम्मान स्वरुप कार्यक्रम गरेको प्रति खुशी व्यक्त गरे।  श्रम तथा रोजगार शाखाका शाखा अधिकृत केवशराज भट्टराई , बुटवल कृषि उपज थोक व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भुषाल लगायतले सरकारले मजदुरको हितमा काम नगरेसम्म मजदुर र श्रम दिवस दुबैको अर्थ नरहेको बताए ।

    त्यसैगरी स्वागत मन्तव्य विनय कसौधनको रहेको थियो भने सञ्चालन कार्यक्रम सञ्चालन समितिका उपाध्यक्ष जीवन काफ्लेले गरेका थिए। साथै कार्यक्रममा वस्तुगत समितिका सम्पुर्ण पदाधिकारीको सहभागीता रहेको गोकुल ज्ञवालीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology