बुटवल,पुस १५-
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापती गोविन्द खनालले प्रधानमन्त्री केपि शर्मा ओलीले देशमा मुठभेड निम्त्याएर संकटकाल लगाउने दाउमा रहेको आशंका गरेका छन् ।
नियोजित रुपमा प्रतिनिधिसभा भंग गरेर प्रतिगमनको बाटो रोजेका ओलीले लोकतान्त्रीक व्यवस्था र संविधान असफल बनाउने खेलमा लोगेको स्पष्ट भैसकेको ठोकुवा गरे ।
कपिलबस्तु जिल्ला शाखाले आज जितपुर–४ नं मा आयोजना गरेको विरोध सभामा बोल्दै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बाट जोगाएर जनताका उपलब्धी गुम्न बाट बचाउनेमा विश्वास व्यक्त गरे ।
केन्द्रिय सदस्य कृष्ण पंगेनी, शाखा सभापति गोविन्द पोख्रेल, अधिकारकर्मी बुद्धि सागर बेल्बासे,माधव धिमिले लगायतले प्रधानमन्त्रीको अलोकतान्त्रिक असंवैधानिक र स्वेच्छाचारी कदमको विरोध गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)